काठमाडाैँ- राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका रामबहादुर थापा बादलले गृहमन्त्रीमा पुनर्नियुक्ति पाउने भएका छन्। आफ्नो पार्टी परित्याग गरेर नेकपा एमाले (ओली समूह) मा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रिय सभा–सदस्य पद खारेज भएको हो। सांसद पद खारेज भएसँगै बादलले गृहमन्त्री पद पनि गुमाएका थिए।
साँझ ५ बजे थापाले गृहमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथग्रहण गर्ने प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सांसद नरहे पनि प्रधानमन्त्रीले ६ महिनासम्मका लागि मन्त्री पदमा भने पुनः नियुक्ति दिन सक्ने संवैधानिक व्यवस्था छ। सोहीबमोजिम प्रधानमन्त्री ओलीले थापालाई पुन नियुक्ती गर्न लागेका हुन।