काठमाडाैँ- गृहमन्त्री रामबहादुर थापा ’बादल’को राष्ट्रिय सभा सांसद पद खारेज भएको छ। सांसद सँगै मन्त्री पद पनि गुमेको छ।
नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो। आइतबार सचिवालयले थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ। फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि थापा प्रधानमन्त्री केपी ओलीको पक्षमा लाग्दै एमालेमा गएका थिए।
एमालेमा गएपछि माओवादी केन्द्रले उनलाई कारवाही गरेको थियो । थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए। २०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थापाको कार्यकाल ६ वर्ष थियो।