पाेखरा- गण्डकी प्रदेशको प्रदेशसभा अधिवेशन अन्त्य गरिएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ माथि अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि अधिवेसन अन्त्य गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राती १२ बजेबाट अधिवेसन अन्त्य भएकाे जानकारी सभामुखलाई पठाएका छन्। अविश्वासको प्रस्ताव छल्नको लागि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अधिवेसन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।
नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री गुरुङ विरुद्ध विहिवार अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेका थिए। कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वासको प्रस्ताव पेश गर्ने तयारी भएको थियो। कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको साथ लिएर सरकार ढाल्ने तयारी गरेका थिए।