पाेखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव गर्ने तयारी भएको छ। नेपाली कांग्रेसलाई मुख्यमन्त्री दिन माओवादी केन्द्र सहमत भएको छ।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बस्ने र आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको बताइएको छ। अविश्वास प्रस्तावसँगै कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यममन्त्रीको लागि अघि सार्ने निर्णय भएको छ।