बुटवल । नेकपा एमाले(खनाल–नेपाल समूह) को रुपन्देहीमा समानान्तर कमिटि गठन भएको छ । बुटवलमा आयोजित विस्तारित समूहको बैठकले राजु गुरुङको अध्यक्षतामा दुई सय ५ सदस्यीय समानान्तर कमिटी निर्माण गरेको हो ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा नेपाल पक्षले जिल्ला कमिटी घोषणाा गरेको हो । बैठकले उपाध्यक्षमा पुरुषेत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराई चयन भएका छन् ।
क्षेत्रीय कमिटी, पालिकास्तरीय इन्चार्ज र जनवर्गीय संगठनमा संयोजक समेत तोकिएको अध्यक्ष गुरुङले बताए । यसअघि नेपाल पक्षले लुम्बिनी प्रदेशका अर्घाखाँची, नवलपरासी र बाँकेमा समानान्तर कमिटी पुनर्गठन गरिसकेको छ ।