काठमाडाैँ- नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई कारवाही गरेको संसद सचिवालयलाई जानकारी गराएको छ। राष्ट्रिय सचिवालयलाई पत्र लेखेर माओवादी केन्द्रले थापालाई दलबाट हटाएको जानकारी गराएको हो।
सर्वोच्च अदालतको फागुन २३ गतेका फैसलापछि एमाले र माओवादी ब्युँतिएपछि पनि बादल केपी ओली पक्षको एमालेमै रहेका छन्। उनी एमालेको सदस्य समेत भइसकेका छन्। राष्ट्रिय सभाको बैठकमा अध्यक्षले कारवाहीको जानकारी गराएपछि बादलको सांसद पदसँगै मन्त्री पद पनि जाने छ।
यस अघि माओवादी केन्द्रले सरकारमा पार्टीका तर्फबाट मन्त्री भएका चार सांसदलाई कारवाही गरेको थियो । कारवाहीको पत्र प्रतिनिधि सभामा जानकारी भएसँगै उनीहरुको सांसदसँगै मन्त्री पद पनि गुमेको थियो । शुक्रबार पुर्ननियुक्ति भइ चारजनाले फेरी मन्त्रीपदको सपथ लिँदै छन्।