काठमाडाैँ- सांसद पद गुमाएका चार मन्त्रीको पुनर्नियुक्ती भएको छ। विहिवार सांसद पद गुमाएका उर्जा तथा जलश्रोत मन्त्री टोपबहादुर रायमाझी, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु शाह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरिशंकर चौधरीको पुनर्नियुक्ती भएको हो ।
विहिवार उनीहरुको सांसद पद खारेज भएसँगै मन्त्री पद पनि गुमेको थियो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार चारै जनालाई मन्त्री नियक्ती गरेकी हुन्। पुनर्नियुक्ती भएका मन्त्रीहरुको शुक्रबारै सपथग्रहण हुने छ।