कर्णाली । कर्णाली प्रदेशका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलको निर्देशनपछि आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र पर्यटन मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् । उनीहरुले राजीनामा पत्र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बुझाएका छन् ।
नेकपा एमाले(नेपाल–खनाल) का तीन मन्त्रीहरुले राजीनामा दिएपछि मुख्यमन्त्री शाहीको सरकार अल्पमतमा परेको छ । अल्पमतमा परेसँगै मुख्यमन्त्रीबाट राजीनामा दिन नेकपा एमालेले मुख्यमन्त्रीलाई आग्रह गरेको छ ।
४० जना सांसद रहेको कर्णाली प्रदेश सभामा एमालेमा २० सांसद छन् । माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।