काठमाडाैँ- आइतबार बस्ने भनिएको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक स्थगित भएको छ। पार्टी कार्यालय पेरिशडाँडामा विहान ११ बजे बोलाइएको बैठक स्थगित भएको हो।
केही नेताहरु काठमाडौँ बाहिर रहेकाले बैठक स्थगित गरिएको बताइएको छ । अर्काे बैठककाे मिती भने तय भएकाे छैन।
माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। आज बस्ने भनिएको बैठकले समर्थन फिर्ता लिने चर्चा चलेको थियो ।