काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले राजीनामा दिने बताएका छन्। निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत १६५ सडक निर्माण कार्यक्रमको शुभारम्भ गर्दै ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजनीनामा आइहाल्ने बताएका हुन्। ‘ए बाबा, हटाउ न त। समर्थन फिर्ता लिइदेउ भन्छु त्यो पनि लिँदैनन्। अनि राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न।’ उनले भने।
ओलीले समर्थन पनि फिर्ता नलिएको र राजीनामा पनि माग्न नछोडिएको उल्लेख गरे। ‘प्रधानमन्त्रीको राजीनामा आज मागिएको होइन्, मागिएको मागिएइ छ त। मागैपच्छिे म कसरी दिनसक्छु ? एउटाले माग्दैन, एकदिन माग्दैन, दुईदिन माग्दैन, माग्या छ माग्या छ’, उनले प्रश्न गरे।
ओलीले त्यो मिडीयाले पनि मेलम्चीको पानी आएको समाचार नदिएको तर आफ्नो राजीनामा मागेको समाचार दिएको दिइरहेको बताए।