काठमाडाैँ- नेकपा एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ। दिउसो ३ बजे बस्ने बैठकले केपी ओलि विरुद्ध अभियान चलाउने बताइएको छ। शुक्रबारको बैठकमा अभियान बारे छलफल भएको र आजको बैठकले निर्णय गर्ने सो समूहले जनाएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टीबाट निलम्बन गरेपछि गरेपछि नेपाल समुह थप आक्राेशित छ। कारबाहीमा परेपछि नेपाल समूहले देशैभर संगठन विस्तार तथा सुदृढीकरणका लागि अभियान घोषणा गर्ने तयारी गरेको हो।