काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ ।
पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने उपसभापति विमलेन्द्र निधिले बताए ।
बैठकको अरु दलबाट आएकाहरुको समायोजन र महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानविनका लागि समय थप गर्न महाधिवेशनको कार्यातालिकालाई हेरफेरसम्बन्धी प्रस्ताव पेस गर्ने औपचारिक एजेण्डा छ ।
बैठकमा सरकारकै मुद्दाले प्राथमिकता पाउने देखिन्छ । माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको छ भने जनता समाजवादी पार्टी (जसपा) विभाजित देखिन्छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष कांग्रेस, माओवादी र जसपा गठबन्धन बनाउने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वादमा छन् ।