काठमाडाैँ- नेकपा माओवादी केन्द्रका मुख्य सचेत देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र २३ गते भित्र विश्वासको मत लिनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधी सभाको बैठकमा बोल्दै गुरुङले विश्वासको मत नलिएमा सरकारको संबैधानिक र कानूनी हैसियतमाथि प्रश्न उठ्ने उनले बताए।
सर्वोच्च अदालतले फागुन २३ गते दल विभाजनसम्बनधी फैसला गरेको भन्दै यस्तो अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत दिनु पर्ने उनको भनाइ छ।
फैसलाले ७६ (२) आकर्षित भएको भन्दै त्यो अवस्थामा संविधानको १०० को उपधारा (२) अनुसार दल विभाजन भएमा वा समर्थन दिएको दलले फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत दिनु पर्ने उल्लेख भएको गुरुङले बताए ।
‘त्यसमा भनिएको छ–प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र सदनबाट विश्वासको मत लिनु पर्नेछ’, उनले भने, ‘सर्वोच्चले दल विभाजन गरिदिएपछि त्यो अवस्थामा स्वभाविक ढंगले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ।’
उनले सरकारले संविधानको सर्वोच्चता र विधिको शासनलाई फ्लो नगरेको बताए।