बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा जे घट्ना भएपनि प्रदेशमा सहकार्यको संस्कृति विकास भएको बताएका छन्। आजबाट सुरुभएको प्रदेश सभाको सातौं अधिवेसनको बैठकमा बोल्दै पोखरेलले सांसदहरुमा दलिय दृष्टिकोण प्रकट भएपनि विकास र सुशासनमा एक हुने बताए। ‘राष्ट्रिय राजनीतिमा जे घट्ना घटे पनि लुम्बिनी प्रदेशमा सहकार्यको संस्कृति निर्माण गर्दै आएका छौं।’ उनले भने ‘त्यसमा हामी प्रतिबद्ध नै छौं भन्ने मलाई लाग्छ । आजको सभाको उपस्थिती र प्रस्तुतीले राम्रै संकेत गरेको छ।’
प्रदेश पूर्वाधार प्राधिकरण सम्बन्धी विध्येक दफावार छलफलको लागि पेश गर्न रोष्टममा पुगेका पोखरेलले पछिल्ला राष्ट्रिय घट्नाक्रमबारे धेरै बोलेनन्। अन्य दलका नेताले प्रतिधिनी विघटन, सर्वोच्चको फैसला र आगामी सरकारबारे धारणा राखेपनि मुख्यमन्त्रीले त्यस सम्बन्धमा धेरै बोलेनन्। आफ्नो सम्बोधनको सुरुमै मुख्यमन्त्री पोखरेलले आज आफूले धेरै नबोल्ने बताएका थिए। ‘म त्यो विषयमा आज केही बोल्ने पक्षमा छैन। समयक्रममा आफ्ना धारणा पनि राख्ने छु र विषयबस्तुलाई स्पष्ट पार्ने प्रयास पनि गर्ने छु।’ उनले भने ।
प्रदेश पूर्वाधार प्राधिकरण सम्बन्धी विध्येक पेश गर्दै मुख्यमन्त्रीले छैटौ अधिवेसनमा प्रदेश सभाबाट राजधानी र नामाकरण तयर गरेर लुम्बिनी प्रदेशले संघियतालाई गहिरोसँग आत्मसाथ गरेको बताए। उनले राप्ती टेक्नीकल स्कुलले उपयोग गरेको १७ विघा जग्गा नेपाल सरकारले प्रदेशलाई उपलध्ध गराएकाको भन्दै संरचना निर्माणको लागि प्रदेश पूर्वाधार विकास कार्यालयलाई जिम्मेवारी सुम्पिएको बताए।