बुटवल- लुम्बिनी प्रदेश सभामा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तिले सरकारमा रहने वा नरहने बारे छिट्टै टुंगोमा पुग्ने बताए। लुम्बिनी प्रदेशको प्रदेशसभामा कांग्रेस संसदीय दलका नेताले विरेन्द्रप्रसाद कनौडियाले गरेको आग्रहको जवाफ दिँदै उनले कसरी अघि बढ्ने भनेर पार्टीमा छलफल भइरहेको जानकारी दिए।
‘अहिले हामी २०७४ सालको जस्तै बाम गठबन्धनको पोजिसनमा छौ। अब यसलाई कसरी लैजाने व्यवस्थापन गर्ने बारे केन्द्रमा पनि छलफल गरेका छौं । प्रदेशमा पनि छलफल चलाउँदै छौं।’ उनले भने ‘निरन्तर र गम्भिरता पूर्वक छलफल गरेर सोँचेर प्रतिपक्ष दलका साथीहरुको सुझाब अनुसार हाम्रो पार्टीले छिट्टै निर्णय दिनेछ।’
छुट्टा छुट्टै दल भए पनि ऐन निर्माण र विकासमा सहकार्य गर्नुपर्ने घर्तिको आग्रह छ। ‘सरकारले पनि फरक शक्ती हो भनेर आग्रहपूर्वक हेर्नु हुँदैन।’ उनले भने। सँगसँगै बस्छौ भन्दा भन्दै पनि अदालतले पुरानै घरमा फर्काएको बताए।