बुटवल- नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका संसदीय दलका नेता विरेन्द्रप्रसाद कनौडियाले आफ्नो कित्ता स्पष्ट गर्न माओवादी केन्द्रका सांसदलाई आग्रह गरेका छन्।
बुधबारबाट सुरु भएको लुम्बिनी प्रदेश सभाको सातौं अधिवेसनको पहिलो बैठकलाई सम्बोधन गर्दै विपक्षी दलका नेता कनौडियाले सरकारमा पनि बस्ने र विरोध पनि गर्न नसुहाउने बताए । ‘पार्टी फूटीसकेको छ। अब कित्ताकाट गर्नुस्। आफूलाई स्पष्ट पार्नुस्। दुईटा ढुंगामा खुट्टा राख्न पाइँदैन।’ उनले भने ‘मुख्यमन्त्रीलाई फाल्न सक्नुहुन्छ भने फाल्नु्स हामी सहकार्य गर्न तयार छौं ।’
कनौडियाले प्रधानमन्त्रीमा कुनै नैतिकता नभएको बताए। कठोर जेल बसेको मान्छे प्रजातन्त्र मास्न लाग्नु अनौठो भएको उल्लेख गरे।