काठमाडौँ । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
पार्टीमा एक दुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको नेता श्रेष्ठले बताएका हुन् । उनकाअनुसार यसै विषयमा छलफल गर्न माओवादीका शीर्ष नेताको बैठक बस्दै छ । समर्थन फिर्ता लिने विषयमा आज बिहान पनि एक चरण छलफल भएको थियो ।
बुधबार दिउँसो पनि छलफल गरेर एक दुई दिनमै टुंगो लगाउने बताइएको छ । सत्ता समीकरणका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजावादीका नेता डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।