बुटवल । लुम्बिनी प्रदेशको प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन आज बुधवारदेखि सुरु हुँदै छ । वर्षे अधिवेसन सकिएको ठीक छ महिनापछि हिउँदे अधिवेसन सुरु हुन लागेको हो ।
यस अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रुपमा प्रदेश सभामा रहेका सत्तारुढ दल अहिले विभाजित अवस्थामा छ । सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले सत्तारुढ नेकपालाई एकिकरण अघिको अवस्थामा पु¥याइदिएको थियो । एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार गठबन्धन सरकारको रुपमा रहेको छ ।
यसको असर प्रदेश सभामा पनि देखिने पक्का भएको छ । नेकपा (एमाले) र एकीकृत नेकपा(माओवादी) दुई छुट्टाछुट्टै लहरमा बस्ने भएका छने । ‘अर्को दलले समर्थन फिर्ता नलिइएको अवस्थामा गठबन्धन सरकार कायम रहन्छन् । मन्त्रीहरुको बसाई सरकारकै लहरमा हुन्छ,’ उनले भने ‘दल चाँही फरक फरक भएकाले लहर चाँही फरक फरक हुन्छ भन्ने नै छ ।’
यस्तो छ कार्यसूची
सातौं अधिवेसनको पहिलो बैठकको सुरुमा सभामुख पूर्णबहादुर घर्तिले प्रदेश सभा आवहान सम्बन्धी प्रदेश प्रमुखको पत्र पढेर सुनाउने छन्। त्यसै गरी प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विध्येकका बारेमा पनि जानकारी गराउने कार्यसूची छ।
पहिलो बैठकमा सबै दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यक्रम छ। सत्तारुढ दलको एकिकरण खारेज भएर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रदेश सभामा अहिले ५ वटा दल भएका छन््। त्यसैले अब बैठकमा एमाले र माओवादी केन्द्रका सांसद छुट्टा छुट्टै लहरमा बस्ने छन्। बैठकमा माओवादी केन्द्रको तर्फबाट शुभकामना मन्तव्य हुने छ।
आजको बैठकमा प्रदेश पूर्वाधार प्राधिकरण सञ्चालन सम्बन्धी विध्येक दफावर छलफलका लागि पेश हुने कार्यसुची छ । सामाजिक विकास समितिका तर्फबाट विश्वविद्यालय स्थापना तथा सञ्चालन सम्बन्धी छलफलको प्रतिवेदन प्रदेश सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभाका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिए।