काठमाडाैँ- नेकपा एमालेका नेता घनश्याम भुसालले व्यक्तीवादको घोर नशाबाट ब्युँझन केपी ओलीलाई आग्रह गरेका छन्। आफूमाथि सोधिएको स्पष्टीकरणको जवाफ दिँदै नेता भुसालले पार्टीलाई अगाडि बढ्न दिन आग्रह गर्दै नदिए कुनै दिन दण्डीत हुनुपर्ने उल्लेख गरेका छन्।
ओलीलाई लेखेको पत्रमा उनले भनेका छन् ‘ मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस्। क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ।’
पत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली नै असहिष्णु भएको, आफूविरुद्ध वनावटी आरोप लगाएको र पार्टी र आन्दोलनविरुद्ध लागेको आरोप लगाएका छन्। “तपाईं असहिष्णु हुनुहुन्छ । तपाईंसँग असहमत दोस्रो पुस्तालाई त तपाईंले किनारा लगाइ नै सक्नुभएको छ र कोही बाँकी भए तिनलाई पनि तपाईंले क्रोध र बदलाका साथ गुटबन्दीको सहारामा किनारा लगाउनु नै हुन्छ,” उनले पत्रमा भनेका छन्।