काठमाडाैँ- गत फागुन २३ गतेको फैसला पुनरावलोकनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन्। नेकपा नामको विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई एकिकरण अघिको अवस्थामा फर्काएको थियो।
फैसलासँगै एक भएका एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए। उक्त फैसलाको पुनरावलोकनको लागि प्रचण्ड सर्वोच्च पुगेका हुन्। फागुन २३ गतेको फैसला प्रति माओवादी केन्द्रले असन्तुष्टी जनाउँदै आएको थियो। केही दिन अघि छलफलको क्रममा कानून व्यवसायीहरुले पुनरावलोकनमा जान प्रचण्डलाई सुझाएका थिए।