काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक मंगलबार बस्दै छ। सोमबार साँझ प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल र भिम रावललाई पार्टीबाट निलम्बन गरेका थिए।
ओलीको उक्त कदम विरुद्ध कसरी जुध्ने भन्ने रणनीति बनाउन वैठक बस्न लागेको बताइएको छ। ओलीको कदम विरुद्ध आफूले डटेर सामना गर्ने नेता नेपालले बताएका छन्। नेपाल समूहले जिल्लाहरुमा समानान्तर समिती बनाउने रणनीति पनि बनाएको छ।