काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीलाई भेट्न आइतबार सभामुख सापकोटा वालुवाटार पुगेका थिए। भेटमा संसद् सञ्चालनका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
लामो समयपछि प्रधानमन्त्री र सभामुखबिच एक्ला एक्लै भेट भएको हो। प्रतिनिधिसभा विघटन र संवैधानिक परिषद्सम्बन्धी विधेयकका विषयमा दुवैबीच विवाद रहेको थियो।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध प्रधानमन्त्री लगायतलाई विपक्षी बनाएर सभामुख सापकोटा सर्वोच्च अदालत पुगेका थिए। पुनस्थापना भए पनि प्रतिनिधि सभा पछिल्लो समयमा राम्रोसँग अघि बढ्न सकेको थिएन।