काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय समिति बैठकले भारतले हालै जारी गरेको नयाँ नक्सा अमान्य हुने निर्णय गरेको छ।
भारतले हालै नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्र आफ्नो भूभागमा समेटी नयाँ नक्सा जारी गरेको थियो । त्यसविरुद्ध नेपालमा चर्काे जनआक्राेश पैदा भएकाे छ।
सत्तारुढ दल नेकपाले सो नक्सा अमान्य हुने घोषणासहित नेपाल सरकारलाई अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्न सुझाव पनि दिएको छ।
बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ।