बुटवल- नेकपा एमालेको माधव नेपाल समुह संसदीय दलको बैठकमा सहभागीता जनाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ३ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन्।
काठमाण्डौको कलंकी स्थीति एक पार्टी प्यालेसमा बसेको माधव नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठकले दलको बैठकमा सहभागी भएर आफ्नो कुरा राख्ने निर्णय गरेको हो । सो समूहले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ।