काठमाडाैँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गाैतम पार्टी उपाध्यक्षमा मनाेनित भएका छन्। आइतबार सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले गाैतमलाई उपाध्यक्ष बनाउने विधान संशाेधनकाे प्रस्ताव पारित गरेकाे हाे।
उक्त विधान संशाेधन प्रस्ताव महासचिव विष्णु पाैडेलले बुधबार बैठकमा पेश गरेका थिए। उनलाई उपाध्यक्ष बनाउने नबनाउनेमा केन्द्रीय सदस्यहरु विभाजित भएपनि उनी अन्तत: उपाध्यक्षमा मनाेनित भएका हुन्।
गत पुष २९ देखि मंसिर ६ गतेसम्म चलेकाे पार्टीकाे स्थायी कमिटि बैठकले गाैतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव विधानमा उल्लेख गर्न सहमति दिएकाे थियाे।