काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । भोलि दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको राष्ट्रिय सभाका एमाले प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।
समसामयिक विषयमा छलफल गर्ने गरी बैठक बोलाइएको उनले बताए । यसअघि बसेका संसदीय दलको बैठकमा झलनाथ खनाल–माधव नेपालपक्षीय सांसदहरू उपस्थित भएका थिएनन् । भोलिको बैठकमा खनाल–नेपाल पक्ष सहभागी हुने कि नहुने भन्ने यकिन भइसकेको छैन ।