काठमाडाैँ- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले संसदलाई काम विहिन बनाउने प्रचञ्च रचेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीले संसद्को अपमान गरेको आरोप लगाए।
‘कहिले प्रश्न छल्न हठात् संसद बैठक स्थगित गर्ने, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग गर्ने’ उनले भने, ‘प्रतिनिधि सभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गराउन संसदलाई कामविहीन बनाउने प्रपञ्च गर्ने?‘ थपाले प्रधानमन्त्रीले आफूमाथि वर्षिने प्रश्न छल्न खोजेको आरोप लगाए।
एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने प्रधानमन्त्रीले संसदलाई एउटा पनि विधेयक नदिएकोमा थापाले प्रश्न गरे। उनले प्रधानमन्त्रीले संसदसँग बदला लिन खोजेको उल्लेख गरे। ‘हामी स्पष्ट छौँ, जतिदिन यो सरकार रहन्छ, संसदको तिरस्कार र अपमान र उपेक्षा गर्ने क्रम बढ्दै जान्छ किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ’, थापाले भने।