काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जनता समाजवादी पार्टीका नेताहरु वालुवाटार पुगेका छन्। ओलीसँग छलफलका लागि महन्थ ठाकुरको नेतृत्वमा सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण बालुवाटार गएका हुन्। दुइ पक्षविच अहिले छलफल जारी रहेको बताइएको छ। छलफलको विषय भने खुलाइएको छैन।
सत्ता जोगाउनको लागि प्रधानमन्त्री ओलीले जसपाका नेताहरुको समर्थन लिने प्रयास गरिरहेको भएपनि सहमती हुन सकेको छैन। कांग्रेस माओवादी केन्द्र लगायतका दलले पनि जसपासँग सत्ता सहकार्यको प्रयास गरेका छन्। तर जसपाले कसलाई समर्थन गर्ने निर्णय गर्न सकेको छैन।