काठमाडाैँ- फागुन २३ गतेको सर्वोच्चको फैसलाको पुनरावलोकनमा जान कानून व्यवसायीले माओवादी केन्द्रलाई सुझाब दिएका छन्। मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटिको बैठक र कानून व्यवसायीको छलफलमा नेकपा नाम बारे सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकनमा जान पार्टीलाई सुझाब दिइएको थियो।
नेकपा नामको विवादमा गत फागुन २३ गते ऋषि कटेलको पक्षमा फैसला गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युताइदिएको थियो। माओवादी केन्द्रका स्थायी कमिटिका सदस्य देव गुरुङले कानून व्यवसायीहरुले दिएको सुझाबलाई पार्टीले सकारात्मक रूपमा लिएको बताए।
छलफलमा कानुन व्यवसायीहरू शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायत सहभागी थिए।