काठमाडाैँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले बसिरहेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक विषयका साथै साङ्गठानिक विषयमा भइरहेको बताइएको छ।
बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बारे पनि छलफल हुन सक्ने माओवादीका एक नेताले बताएका छन्। यस अघि सरकारमा सहभागी पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाएको भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।