काठमाडाैँ- नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको पत्र पठाएको छ। एमाले महासचिव ईश्वर पोखरेलले नेता नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन्। स्पष्टिकरण पत्र चारै नेताको घरमा पु¥याइएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए।
पत्रमा पार्टी हितविपरीत किन गतिविधी गरेको भन्दै तीन दिने स्पष्टीकरण सोधिएको बताइएको छ । शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।