काठमाडाैँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशीले हुर्काएको आरोप लगाएका छन्। ५६ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले केपी ओलीलाई २० २५ वर्षदेखी विदेशीले हुर्काएको बताएका हुन्।
संविधान, गणतन्त्र र सबै उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग, समूदायका हक अधिकार सिध्याउन सक्ने पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि र विदेशीको अगाडि सजिलै लम्पार पर्न सक्ने, २० औँ ÷२५ औँ वर्षदेखि विदेशीले हुर्काएको, पालित पोषित को हो भनेर खोजी गर्दै जाँदा सबैले केपी ओली नै हो भनेका छन्।’ प्रचण्डले भने।
उनले देशी विदेशी शक्तिहरु पहिचान र उत्पीडित वर्गको पहिचान र अधिकार खोस्न लागेको र त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरिरहेको उल्लेख गरे। उनले नेपालमा संविधानलाई निस्तेज पार्ने मान्छे पनि केपी ओली भएको बताए।