बुटवल- जिपी कोइराला फाउण्डेसनको लुम्बिनी प्रदेश संयोजकमा खेलराज पाण्डे मनोनित भएका छन्। फाउण्डेसनको केन्द्रीय अध्यक्ष सुजता कोइरालाले पाण्डेलाई २ बर्षको लागि प्रदेश संयोजक मनोनयन गरेकी हुन।
पाण्डे कांग्रेस बुटवल उपमहानगर सभापति समेत हुन्। फाउण्डेसनको संचालक समितिको निर्णय अनुसार प्रदेश संयोजकमा मनोनयन गरिएको कोइरालाले बताइन्।