काठमाडौँ : नेकपा एमालेको खनाल-नेपाल पक्षले पाँच बुँदे लिखित असहमति पत्र बालुवाटारमा बुझाएको छ । खनाल-नेपाल पक्षका सांसद्हरू जीवन श्रेष्ठ, सोमबहादुर पाण्डे यज्ञराज सुनुवारले बालुवाटारमा पाँच बुँदे लिखित पत्र बुझाएका हुन् । संसदीय दलको बैठकमा असहमति जनाउँदै पाँच बुँदे लिखित पत्र संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।
बालुवाटारमा एमाले संसदीय दलको बैठक चलिरहेको छ । बैठकमा खनाल-नेपाल पक्षका सांसद भने उपस्थित छैनन् । बालुवाटारमा संसदीय दलको बैठक चलिरहदा खनाल-नेपाल समूहले राष्ट्रिय सभागृहमा आफू निकटको युवा संघको भेला गरिरहेको छ । रासस