बुटवल । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने सम्भावना नै नरहेको बताएका छन् । अविश्वासको प्रस्ताव आउने भए प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै आइसक्ने बताउँदैं उनले अविश्वासको प्रस्ताव ल्याउन सक्ने ल्याकत कसैको नरहेको बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘यो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने सम्भावना नै छैन, अविश्वास प्रस्ताव ल्याउन सक्ने ल्याकत देखिएको पनि छैन । ल्याउने भए पुनःस्थापना भएसँगै ल्याउँथ्यो, अब त्यो सम्भावना छैन,’ ओलीले भने ।