काठमाडौँ । अग्नि खरेलले महान्यायाधीवक्ता पदबाट राजीनामा दिएको घोषणा गरेको केही समयमा रमेश बडालाई उक्त पदमा नियुक्त गरिएको छ । अधिवक्ता एवं नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष समेत रहेका बडाल महान्यायाधीवक्तामा नियुक्त भएका हुन् । जिफन्ट सत्तारुढ नेकपा एमाले निकट संगठन हो ।
खरेलको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेसँगै प्रधानमन्त्रीको सिफारिसमा उनलाई नियुक्ती गरेकी हुन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई २०७४ फागुन ८ गते नियुक्त गरेकी थिइन् ।