बुटवल । जनता समाजवादी पार्टी(जसपा)का सांसद राजकिशोर यादवले रेशम चौधरीको मुद्दाप्रति सरकार उदाासीन भएको भन्दै आक्रोस पोखेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेता यादवले थारु भएकै कारण रेशम चौधरी जेलमा बस्नु परेको भन्दै आक्रोश पोखेका हुन् ।
उनीभन्दा अघि बोलेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भनाईप्रति लक्षित गर्दै नेता यादवले भने–‘परराष्ट्रमन्त्रीज्यूले राजनीतिको बखान गरेर जानु भयो । मन्त्रीज्यू यहाँले सिके राउतलाई मुलधारमा ल्यायौँ । ठिकै हो धन्यावाद छ । विप्लवलाई ल्याउनु भो धन्यावाद छ,’ उनले भने, ‘यो कुरा गरिरहँदा थरुहट आन्दोलनमा होमिएका रेशम चौधरी तपाईंजस्तै तपाईं जत्तिकै हैसितयतले संसदमा हुनुप¥यो । थारु भएकै कारण जेल बस्नुपर्ने ? त्यतातिर ध्यान नदिने ? हामी कस्तो प्रणालीमा बाच्दैछौं ।’
उनले संविधानमा विभिन्न समस्या देखिएको पनि बताए । ‘संविधानमा विभिन्न समस्याहरु देखिएको छ । ‘बबुर’ रोपेपछि अंगुर कहाँ खान पाइन्छ?’ उनले भने, ‘हाम्रो दल अहिले पनि सहमतीय राजनीतिको पक्षधर हो । हामी मुलुकलाई अघि बढाउने हो भने निषेध होइन हातेमोलो गरौं। आत्म समीक्षा गरौं ।’ हिजो विश्वकै उत्कृष्ट संविधान भन्नेहरुले नै असंवैधानिक कदम चालेको बताएका छन् । यादवले यो संविधान मान्दैनौँ भन्नेहरुले नै संविधान बचाउन आन्दोलन गर्नुपरेको भन्दै व्यंग्य गरेका हुन् ।