काठमाडाैँ- नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्थापित भएपछि सरकारले नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन भनि प्र्रश्न गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै खाँणले प्रधानमन्त्रीको कदम सर्वोच्च अदालतले असंवैधानिक भनिसकेपछि नैतिकता देखाउनुपर्नेमा नदेखाएको भन्दै आलोचना गरेका हुन्।
‘सर्बोच्चको संबैधानिक इजलासबाट असंबैधानिक कदम खारेज गर्दै प्रतिनिधिसभा पुनस्थापित भएको छ । तर, सरकारले आफ्नो गलत कदलमको नैतिक जिम्मा लिनुपर्छकी पर्दैन ?’ उनले भने ‘असंबैधानिक कदम भनेर न्यायापालिकाले भनिसकेपछि विधिको शासन मान्छौ, संविधानवाद मान्छौ भनेर नैतिक उत्तरदायित्व लिनु पर्छ कि पर्दैैन ?’ यो प्रश्न प्रधानमन्त्रीसँगै कार्यपालिका सदस्यहरुलाई पनि भएको खाँणले बताए।
उनले वर्तमान सरका बनेदेखि नै संविधान र लोकतन्त्रमाथि प्रहार सुरु गरेको भन्दै अव सरकारसँग सत्तामा बसिरहने नैतिकता समाप्त भएको बताए । ‘यो सरकार बने देखि नै संविधानमाथी प्रहार सुरु गरेको हो । संविधानको मौलिक हकमा नै प्रहार थालेको सरकारले विचार तथा अभिव्यक्ति स्वतन्त्रतामा प्रहार गरेको थियो।’ खाँणले भने।