काठमाडाैँ- सरकारको प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधिसभाको अधिवेसनको संकेत राम्रो नभएको बताएका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा आफ्ना धारणा राख्दै संविधान अनुसार प्रस्तुत हुनुपर्ने अध्यादेश रोकिएकाले अधिवेसनको सुरुवात राम्रो नभएको उल्लेख गरे।
‘संसदको पहिलो बैठकमा अध्यादेश प्रस्तुत गर्नुपर्ने संविधानको व्यवस्था छ, तर जनताको चासोसँग जोडिएका केही अध्यादेश रोकिए।’ उनले भने। ज्ञवालीले एसिड आक्रमणविरुद्धको अध्यादेश प्रस्तुत गर्न र बहालवाला र पूर्व सांसदहरुको निधनमा श्रद्धाञ्जलि दिन समेत अवरोध भएको भन्दै असन्तुष्टि व्यक्त गरे।
बैठकमा उनले निश्चित व्यक्ती प्रधानमन्त्री बन्न नपाएकाले त्यसैलाई प्रतिगमन भनेर व्याख्या गरिएको उल्लेख गरे। ‘निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने तर पदमा पुग्न नपाउँदा प्रतिगमन हुने ?’ उनले प्रश्न गरे।