काठमाडौँ । नेकपा एमालेको आज बसेको संसदीय बैठकले पार्टीको विधान संशोधन गर्न एउटा कार्यदल बनाएको छ । आज बसेको बैठकले संसदीय दलको विधान संशोधनसम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठन गरेको हो । दलको बैठकमा एमालेकै खनाल–नेपाल पक्षका सांसदहरु उपस्थित थिएनन् ।
त्यस्तै बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी संसदीय दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको सांसद निरुदेवी पालले जानकारी दिइन् ।