काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष नेता वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने भएका छन् । बैठकमा आउन प्रमुख सचेतक विशाल भट्टराईले फोन गरेको बताइएको थियो ।
यद्यपि, गौतमकी पत्नी भने बालुवाटारमा अयोजना गरिएको संसदीय दलको बैठकमा सहभागि हुने भएकी छन् ।
पार्टी विभाजन हुने संकेतहरु देखा पर्दा वामदेवले एकता अभियान सञ्चालन गरिरहेका छन् ।
गौतम राष्ट्रियसभा सदस्य हुन् । गौतम पत्नी तुलसा भने एमाले पुनःस्थापनापछि अध्यक्ष केपी ओलीले बोलाएका बैठकमा सहभागी हुने गरेकी छन्। गौतम पत्नी तुलसा थापा भने प्रतिनिधिसभा समानुपातिक सांसद हुन्।
प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नेकपा एमालेको खनाल नेपाल समूह भने सहभागी नहुने जनाएको छ। उसले पनि बालुवाटारमा संसदीय दलको बैठक अघि आफ्ना सांसदहरुलाई बोलाएर छलफल गरिरहेको छ।