काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् । सर्वोच्च अदालतको फैसलाले नेकपा भंग भएपछि राष्ट्रियसभामा एमालेको संसदीय दलको नेता खाली रहेको छ ।
सोही विषयमा छलफल गर्न ओलीले बैठक बोलाएको बुझिएको छ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले एक अन्तर्वार्तामा आफूले राष्ट्रियसभामा प्रतिनिधि ९दलको नेता० चाँडै तोक्न लागेको बताएा थिए ।