काठमाडौं । नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रीय कार्यकर्ता भेला ललितपुरमा सुरु भएको छ । दुई दिनसम्म चल्ने भेलामा दुई हजार जनाभन्दा धेरै नेता तथा कार्यकर्ताको उपस्थिति रहने आयोजकले बताएको छ । भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ। अवधारणा पत्रमाथि टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गरिनेछ।
सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले ब्यूँतिएपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी बैठक राखेर माधव नेपाल र झलनाथ खनाल पक्षीय नेताहरूको पद खोसेपछि एमाले विभाजित भएको छ। ओली र नेपाल–खनालपक्षबीच संवादको थालनी गरिएपनि निरन्तरता पाउन नसक्दा एमालेभित्रको विवाद फुटतर्फ अघि बढेको छ।