काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सुरु भएको सर्वदलीय बैठक जारी छ । राष्ट्रपति कार्यालय शीतल निवासमा सुरु भएको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता सहभागी छन् । त्यस्तै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि सहभागी छन् । वर्तमान राजनीतिक खिचातानी राेक्नका लागि राष्ट्रपति भण्डारीले बैठक डाकेको बताइएको छ । बैठकमा दलका नेताहरू गाेलबद्ध भएर बसेका छन् भने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली अगाडि छन् ।
समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक आह्वान गरेकी हुन् ।
बैठकमा पूर्व प्रधानमन्त्रीत्रय झलनाथ खनाल, माधवकुमार नेपाल र बाबुराम भट्टराई भने अनुपस्थित छन् । खनाल र नेपाल बुधबारको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने जनाउँदै बैठकमा सहभागी नभएको उनीहरुका सचिवालयले जनाएका छन् ।