काठमाडाै- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चियापान कार्यक्रमको आयोजना गर्दैछन्। बालुवाटारमा हुने चियापान कार्यक्रममा सरकारका मन्त्री सांसद र एमालेका नेताहरुलाई बोलाइएको छ।
एमाले भित्र आन्तरिक विवाद तिब्र भइरहेको बेला प्रधानमन्त्री ओलीले चियापान कार्यक्रम गर्न लागेका हुन्। चियापान कार्यक्रमलाई माधव नेपाल पक्षले भने बहिस्कार गर्ने भएको छ। फागुन २८ गते प्रधानमन्त्रीले आफू निकटका केही नेता भेला गरेर पार्टी विधान विपरित गरेका निर्णयहरु गरेको भन्दै नेपाल समूह आक्रोशित छ।
विवाद समाधानको प्रयास स्वरुप सोमबार अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच भएको छलफल निष्कर्षविहिन भएको थियो । माधव नेपाल पक्षले बुधबार र विहिवार कार्यकर्ता भेलाको आयोजना गरेको छ । भेलाको तयारी बारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दै छ।