काठमाडाै- नेकपा एमालेको केपी पक्ष र माधव नेपाल पक्षबीचको वार्ता विनानिष्कर्ष टुंगीएको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा दुबै पक्ष आ–आफ्नो अडानमा कायम रहेपछि छलफल निष्कर्षविहिन भएको हो।
छलफलमा नेपाल पक्षले फागनु २८ गतेको निर्णय एकपक्षीय भएको भन्दै फिर्ता लिन आग्रह गरेको थियो। आफूहरुलाई थाहै नदिई नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र कतिपयलाई जिम्मेवारीविहीन गरिएको भन्दै त्यो निर्णय फिर्ता हुनुपर्ने उनीहरुको अडान थियो ।
कारवाही फिर्ता नलिएकाले आफूहरुले चैत्र ४ र ५ गते आयोजना गरेको कार्यकर्ता भेला नरोक्ने नेपाल पक्षका नेता भिम रावलले जानकारी दिए।
उनले फागुन २८ गते बसेको केन्द्रीय समितिको निर्णय मान्ने हो भने सर्वोच्च अदालतको फैसला नमानेको ठहरिने दाबी गरे। सर्वोच्च अदालतको आदेशसँगै एमाले ब्यँतिएपछि प्रधानमन्त्री ओली र नेपाल पक्षका नेताहरूबीच पहिलोपटक औपचारीक रुपमा छलफल भएको हो।