काठमाडाैँ- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो समूहको बैठक बोलाएका छन्। नेता गौतमले भोली मंगलबारको लागि बैठक बोलाएको उहाँका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए।
ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेजलगायत एकलौटी निर्णय गरेको विरोधमा गौतमले बैठक बोलाएका हुन्। गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका छन् ।