काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच अहिले भेटवार्ता भइरहेको छ। पार्टी कार्यालय धुम्बाराहीमा ओली र नेपाल सहित दुबै पक्षका अरु नेता पनि सहभागी छन्। सर्वोच्च अदालतको आदेशसँगै एमाले ब्यँतिएपछि प्रधानमन्त्री ओली र नेपाल पक्षका नेताहरूबीच पहिलोपटक औपचारीक रुपमा छलफल भएको हो ।
प्रधानमन्त्री ओलीले फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय समितिको बैठक राखेर नेपाल पक्षका केही नेताहरूको जिम्मेवारी खोसेपछि नेपाल पक्ष आक्रोशित भएको थियो । ओली पक्षलाई काउण्टर दिन समानान्तर कमिटी गठन गरेको थियो।