काठमाडाैँ- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। सर्वोच्च अदालतको फैसलाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकिकरण अघिको अवस्थामा पुगेपछि माओवादी केन्द्रको बैठक पहिलो पटक बसेको हो।
पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकले माओवादी केन्द्रबाट एमालेमा गएका गृहमन्त्री रामबहादुर थापा बादल सहितका नेतालाई कारवाही गर्ने सम्भावना छ। शुक्रबार बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री थापा आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको थियो। पार्टीका तर्फबाट मन्त्री भएकालाई फिर्ता आउन भनेको थियो।
यो विषयसहित पार्टीको नाम फेर्ने एजेन्डामा पनि छलफल सुरु हुन सक्ने बताइएको छ।