बुटवल- नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समानान्तर कमिटी बनाएको छ। नेपाल पक्षको आज बसेको केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी बनाएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल पक्षलाई थाहै नदिइ जिम्मेवारी खोस्ने निर्णय गरेपछि आज समानान्तर कमिटी गठन गरी प्रदेश र विभागको जिम्मेवारी तोकेको हो।
जस अनुसार पार्टीको लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको छ। ज्ञवालीले कर्णाली प्रदेश पनि हेर्ने छन्। त्यसै गरी नेपाल पक्षले प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे र सुदूर पश्चिम प्रदेशमा भीम रावललाई पार्टी कामको संयोजन गर्ने जिम्मेवारी दिएको हो।
त्यस्तै महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्य, प्रचारको योगेश भट्टराई, विद्यार्थीको गोकर्ण विष्ट, युवाको रघुजी पन्त र बुद्धिजीवीको संयोजन गर्ने जिम्मा प्रमेश हमाल दिइएको छ।